त्रिविमा उत्तरपुस्तिका हराएकोबारे नेविसंघले उठायो प्रश्न, गल्ती गर्नेलाई कारबाही गर्न माग

Thursday March 28, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले उत्तरपुस्तिका हराउनेमाथि कारबाही गर्न माग गरेको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट विद्यार्थीका उत्तरपुस्तिका हराएपछि अनेरास्ववियु त्रिवि जिल्ला कमिटीले कारबाही गर्न माग गरेको हो ।

एकातिर परीक्षा सञ्चालन भएको एक वर्षसम्म पनि नतिजा सार्वजनिक गर्न नसक्नु र अर्कोतिर परीक्षार्थीले दिएका उत्तरपुस्तिका हरायो भन्नु परीक्षा नियन्त्रण कार्यालयको गम्भीर लापरवाही रहेको अनेरास्ववियुको ठहर छ । त्रिवि जिल्ला अध्यक्ष समिरराज विष्टले एक विज्ञप्ति जारी गर्दै तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।

‘परीक्षा नियन्त्रण कार्यालयबाट पटकपटक भइरहेको चरम लापरबाही, परीक्षा समितिको अध्यक्ष (रजिष्ट्रार) तथा परीक्षा नियन्त्रक एवम् कार्यरत कर्मचारीहरूको गैरजिम्मेवारीपना, उदासीनता र ढिलासुस्ती गर्ने प्रवृतिप्रति तत्काल छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन समेत अनेरास्ववियु त्रिवि जिल्ला कमिटी आग्रह गर्दछ अन्यथा उक्त गतिविधिमा सङ्लग्न सबैलाई अनेरास्ववियु आफैले कारबाही गर्ने चेतावनी समेत दिन चाहन्छ’ विज्ञप्तिमा भनिएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।