त्रिविबाट उत्तरपुस्तिका गायब
पढ्न लाग्ने समय :
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयबाट उत्तरपुस्तिका हराएको छ ।
अछाम परीक्षा केन्द्रबाट सञ्चालन गरिएको शिक्षाशास्त्र स्नातक तहअन्तर्गतको ‘फाउन्डेसन अफ एजुकेसन ४१२’ को उत्तरपुस्तिका हराएको हो ।
उक्त परीक्षा केन्द्रको एक सय ७६ थान उत्तरपुस्तिका हराएको बताइएको छ । त्रिविबाट यसअघि पनि बीए प्रथम वर्षको उत्तरपुस्तिका हराएको थियो ।