त्रिविको लापरबाही : ३० को महिना भएको चैतमा ३१ गते परीक्षा

Saturday March 16, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुले स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ । चैत २८ गतेदेखि परीक्षा सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरिएको थियो । सार्वजनिक गरिएको तालिकामा भने चैतको ३१ गते पनि परीक्षा गर्ने भनिएको थियो ।

जबकि चैत महिना ३० गतेसम्मको मात्रै छ । तर, परीक्षा नियन्त्रण कार्यालयको लापरबाहीले चैत ३१ गते एमजीटी–२०९ माइक्रोइकोनोमिक्स फर बिजनेसको परीक्षा राखिएको हो ।

यतिबेला पनिकाले उक्त परीक्षा तालिका आफ्नो वेबसाइटबाट हटाइसकेको छ । उक्त परीक्षा तालिका मिस्टेक भएको भन्दै पनिकाले अब अर्को तालिका सार्वजनिक गर्नेछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार अब उक्त मिति सच्याएर पुनः परीक्षा तालिका सार्वजनिक गरिनेछ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।