त्रिनगर नाकामा अटोरिक्सा चालकहरुको मनपरी भाडा असुलीले यात्रुहरु हैरान

Tuesday September 23, 2025

पढ्न लाग्ने समय :


राजन जैगडी
धनगढी असोज ,०७

कैलालीको त्रिनगर भन्सार नाकादेखि धनगढीसम्म सन्चालन हुने विद्युतीय रिक्सा चालकहरुले यात्रुहरुसँग मनोमानी रुपमा भाडा असुल्ने गरेको गुनासो बढ्दै गएको छ । चाडबाडको लागि भारतका विभिन्न शहरबाट घर फर्किने नेपालीहरुसँग विद्युतीय रिक्सा चालकहरुले तोकिएको भन्दा निकै बढी भाडा असुल्ने गरेको पीडितहरुको गुनासो छ

चाडबाडका लागि घर फर्किने नेपालीहरुको केही दिनयता सिमानाकामा निकै घुइचो लाग्ने गरेको छ । घर फर्किने नेपालीहरुसँग विद्युतीय रिक्सा चालकहरुले मनपरी ढंगले भाडा असुल्ने गरेको पाइएको छ । भुक्तभोगी यात्रुहरुका अनुसार त्रिनगर भन्सार नाकादेखि धनगढी चौराहासम्म अटोरिक्सा चालकहरुले पाँच सय भारुदेखि एक हजार रुपैयाँसम्म असुल्ने गरेका छन् । भन्सार नाकादेखि धनगढी चौराहसम्म करिब दुई किलोमिटरको दुरीमा मात्रै अटोरिक्सा चालकहरुले निकै बढी भाडा लिने गरेका छन् ।

भारतका विभिन्न शहरमा रोजगारी गरेर फर्किने नेपालीहरु आफ्नै देशमा पनि लुटिनुपर्ने अवस्थाका कारण निकै निरास छन् भुक्तभोगी यात्रुहरुले प्रहरी, ट्राफिक प्रहरी र अटोरिक्सा चालकबीच मिलेमतोमा मनपरी ढंगले यात्रुहरुसँग भाडा असुल्ने गरेको आरोप लगाए । भारतबाट घर फर्किएका बिष्णु दमाईले अटोरिक्सा चालकहरुले यात्रुहरुलाई बढी भाडा तिर्न बाध्य बनाउने गरेको गुनासो गर्नु भयो ।

भारतबाट घर फर्किएका नेपालीहरुले सिमानाकामा अटो रिक्सा चालक र व्यवसायी तथा बसपार्कमा बस धनी र कन्डक्टरहरुले लगेजको बहानामा जथाभावी रुपमा भाडा असुल्ने गरेको पीडा पोख्छन् । उसो त नेपाल प्रहरीले त्रिनगर सिमा नाका र बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । तर आखा अगाडी यात्रु लुटिदा पनि सहायता कक्षमा रहेका सुरक्षाकर्मीहरु मुखदर्शक बनेको अवस्था छ । त्रिनगर नाका हेर्ने परासन प्रहरी चौकीका प्रहरी नायव निरिक्षक नैनसिंह कार्कीले चाडबाडलाई लक्षित गरी छड्के चेकजाँच भइरहेको बताउनु भयो । उहाँले यात्रुहरुसँग तोकिएको भन्दा बढी भाडा असुल्ने अटोरिक्सा चालकलाई कारबाही समेत भइरहेको जानकारी दिनु भयो । अटोरिक्सा चालकसँग प्रहरीको कुनै मिलोमतो नभएको दाबी गर्दै उहाले कुनै गल्ती भए कार्वाही सहन तयार रहेको पनि बताउनु भयो ।

राजमार्ग व्यवस्थापन तथा प्रदेश ट्राफिक प्रहरी कार्यालयले बढी भाडा असुल गर्नेहरुलाई कार्वाही गरिने जनाएको छ । चाडबाडको घर फर्किने नेपालीहरुले सीमा नाकादेखि बसपार्कमा समेत लुटिनु पर्ने अवस्था किन हरेक वर्ष दोहोरिन्छ भन्ने सवाल अहिले पनि टड्कारो बनेको छ ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।