तुलसी आयुर्वेदिक प्रालिद्वारा उत्पादित १६ जटिबुटीको मिश्रण रहेको मालिस तेल बजारमा

Wednesday December 4, 2024

पढ्न लाग्ने समय :


तुलसी आयुर्वेद प्रालिले उत्पादन गरेको तुलसी मालिस तेल बजारमा आएको छ । कम्पनिका सिईओ शिव बसौंलाले मंगलबार एक कार्यक्रमकाबीच तुलसी मालीस तेलको साथमा पत्र पोटली, स्वदेन र रोलर सार्वजनिक गर्नुभएको हो । १६ जडिबुटिको मिश्रण रहेको तेलको प्रयोगले बाथरोग हाडजोर्निको दुखाई कम गर्ने लिगामेन्ट खिएको समस्या निवारण गर्ने जनाइएको छ । साथै शरिर पोल्ने र झमझमाउने समस्या भएकाहरुले समेत यो तेलबाट लाभ लिन सक्ने सिइओ बर्तौलाले बताउनुभयो । यस्तै युरिक एसिडको समस्या र सबैखाले शरिरको दुखाईमा यो तेलले मालिस गर्दा राहत पुग्ने उत्पादकको दाबी छ । शरिरको प्रभावित भागमा यो तेलले मालिस गर्न उत्पादकले सुझाएका छन् ।

तुलसी मालीस तेल, तुलसी मालीस रोलर र तुलसी पत्र पोटलीको कम्बो बजारमा ल्याएको उत्पादक तुलसी आयुर्वेद प्रालिले जनाएको छ । यसमा आयुर्वेदीक जडीबुटी जाइफल, ज्वानो, तुलसीको तेल, चमसुर, ल्वाङसिमलीको तेल,सेता ज्वानो, पाति लगायतको समिश्रण रहेकाले बिना साइड इफेक्ट दुखाइबाट राहत मिल्ने जनाइएको छ । विश्वबजारमा नेपाली आयुर्वेदिक उत्पादनको माग बढ्दो छ । तुलसी मालीस तेललेपनि अन्तराष्ट्रिय बजार बिस्तार गर्ने जनाएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।