तालि बजाउन होइन, काम गरेर परिणाम निकाल्न आएको हुँः प्रधानमन्त्री ओली

Saturday December 21, 2024

पढ्न लाग्ने समय :


प्रधानमन्त्री केपी शर्मा ओलीले विविधतालाई एकतामा बदलेर सामाजिक न्याय र सामाजिक सद्भाव कायम गर्न आवश्यक रहेको बताउनुभएको छ । शनिवार विश्व ध्यान दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले मानिस भएपछि एकले अर्कोलाई प्रेम गर्नुपर्ने र नेपालीहरु एकजुट हुनुपर्ने बताउनु भयो । उहाँले परस्परमा घृणा नभइ विविधतालाई एकतामा बदलेर सामाजिक न्याय र सामाजिक सद्भाव कायम गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले ध्यान र योगले भवना, व्यवहार, अभ्यासलाई राष्ट्रिय एकताको भावनाका रुपमा अघि बढाउन मद्दत गर्ने बताउनु भयो । उहाँले ध्यान दिवसलाई औपचारिक दिवसको रुपमा मात्रै नभइ वास्तविक जीवन पद्धतिको रुपमा अपनाउने मार्गदर्शनको रुपमा अघि बढाउनुपर्ने बताउनु भयो । आफू तालि बजाउन नभइ काम गरेर परिणाम निकाल्नका लागि सरकारमा रहेको बताउनु भयो । आफू काममा विश्वास गर्ने र कामबाट परिणाम निकाल्नमा विश्वास गर्ने व्यक्ति भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामी मान्छे हौँ, मान्छेले मान्छेलाई प्रेम गर्नुपर्छ । हामी नेपाली हाँै पहिलो कुरा, हामी नेपाली एकजुट हुनुपर्छ । परस्परमा घृणा होइन, विविधतालाई एकतामा बदलेर सामाजिक न्याय र सामाजिक सद्भाव हामीले कायम गर्नुपर्छ । समानता कायम गर्नुपर्छ । त्यसको आधारमा राष्ट्रिय एकता कायम गर्नुपर्छ । ध्यानले, योगले यो भवना, व्यवहार, अभ्यासलाई राष्ट्रिय एकताको भावनाका रुपमा अघि बढाउन मद्दत गर्दछ । यस दिवसलाई एउटा औपचारिक दिवसको रुपमा मात्रै होइन, वास्तविक जीवन पद्धतिको रुपमा अपनाउने, मार्गदर्शनको रुपमा अघि बढाउनुपर्छ ।’  प्रधानमन्त्री ओलीले ज्ञानको मुहान ध्यान भएको उल्लेख गर्नुभयो । उहाँले ध्यान र योगलाई आफ्नो दिनचर्या बनाउन आह्वान गर्नुभयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।