तातोपानी गाउँपालिकाले छात्रवृत्तिमा चिकित्सा शिक्षा पढाउने

Friday February 16, 2024

पढ्न लाग्ने समय :


जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले छात्रवृत्तिमा चिकित्सा शिक्षा पढाउने भएको छ । हिउँदे गाउँसभाको १४औँ अधिवेशनले चिकित्सा शिक्षा पढाउन छात्रवृत्तिसम्बन्धी कार्यविधि पारित गरेको छ ।

गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईँका अनुसार चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण पालिकाभित्र बसोबास गर्ने एउटा जेहेन्दार विद्यार्थीलाई चिकित्सा शिक्षा पढ्न छात्रवृत्ति उपलब्ध गराइने छ । चिकित्सा शिक्षा अध्ययन गर्न लाग्ने कूल खर्चको ५० प्रतिशत गाउँपालिकाले बेहोर्ने उनले बताए । छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययन गर्न कार्यविधिमा कोषको व्यवस्था गरिएको छ ।

चालु आवमा पालिकाले रु १५ लाख बजेट विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए । सो छात्रवृत्ति चालु आवमै उपलब्ध गराइने छ । गाउँपालिकाका अध्यक्षको संयोजकत्वमा नौ सदस्यीय चिकित्सा शिक्षा अध्ययन छात्रवृत्ति व्यवस्थापन समिति रहने कार्यविधिमा उल्लेख  छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।