तातोपानी गाउँपालिकाले एमबिबिएस अध्ययनका लागि १५ लाख छात्रवृत्ति दिने

Friday July 7, 2023

पढ्न लाग्ने समय :


जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले पालिकाभित्रका जेहेन्दार, दलित तथा अल्पसङ्ख्यक छात्रछात्रालाई एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

गाउँपालिकाको आव २०८०/८१ को नीति, कार्यक्रम र बजेटमा यहाँका विद्यार्थीले मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण भएको खण्डमा उक्त विद्यार्थीलाई पहिलो वर्षको पढाइ खर्चका लागि प्रत्येक वर्षमा एक जनालाई एमबिबिएस छात्रवृत्ति शिर्षकमा रु १५ लाख रकम विनियोजन गरिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए ।

“चिकित्साशास्त्रमा स्नातक तह (एबिबिएस) अध्ययन गर्ने विद्यार्थीलाई नीति तथा कार्यक्रमबाट बजेटको व्यवस्थापन गरेका छौँ”, अध्यक्ष चौलागाईंले भने, “पालिकाको दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्नुका साथै स्वास्थ्य सेवा प्रवाहमा सकारात्मक प्रभाव पर्ने भएको छ ।” एमबिवबिएस अध्ययन गर्नलाई एक वर्षको अध्ययन शुल्कमा प्रतिवर्ष एक जना विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति पालिकाले उपलब्ध गर्ने अध्यक्ष चौलागाईंको भनाइ छ ।

एमबिबिएस प्रवेश परीक्षामा पास भएका तातोपानीका विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था मिलाइएको प्रमुख प्रशनसकीय अधिकृत तीर्थबहादुर कठायतले जानकारी दिए ।

गाउँपालिकाको वडा नं ५ मा निर्माण हुने पाँच शय्या अस्पतालको निर्माण कार्यलाई छिटो सम्पन्न गरी आवश्यक चाहिने पाँच शय्या अस्पतालको स्थायी दरबन्दी तत्काल स्वीकृतिका लागिसम्बन्धी निकायमा पहल गरी सञ्चालनमा ल्याइने गाउँपालिका उपाध्यक्ष रेवती रावलले बताए ।

एमबिबिएस पढिसकेपछि कम्तीमा दुई वर्षसम्म निःशुल्क पाँच शय्याको अस्पतालमा सेवा दिने गरेर कार्यविधि बनाउन लागि परेको गाउँपालिका अध्यक्ष चौलागाईंलेको भनाइ छ । पालिकाका प्रत्येक माध्यमिकस्तरका सामुदायिक विद्यालयमा नर्सिङ सेवा सञ्चालनका लागि नीति तथा कार्यक्रमा ल्याइएको तातोपानी गाउँपालिकाले जनाएको छ । यसअघि जिल्लाको पातारासी गाउँपालिकाले एमबिबिएस अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।