तराईमा ह्वात्तै बढ्यो गर्मी

Monday April 20, 2026

पढ्न लाग्ने समय :


काठमाडौं : देशका तराई क्षेत्रहरूमा गर्मी अत्यधिक बढ्ने संकेत देखिएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले सोमवार बिहान ८ बजे सार्वजनिक गरेको विवरण अनुसार आज तराईका जिल्लाहरूमा तापक्रम उल्लेख्य रूपमा वृद्धि हुने अनुमान गरिएको हो ।

महाशाखाका अनुसार दिपायल, धनगढी र नेपालगन्ज आज सबैभन्दा तातो सहर रहने सम्भावना छ, जहाँ अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्न सक्नेछ । त्यस्तै, भैरहवा र वीरेन्द्रनगरमा ३६ देखि ३८ डिग्री तथा सिमरामा ३४ देखि ३६ डिग्री सेल्सियस तापक्रम रहने प्रक्षेपण गरिएको छ ।

संघीय राजधानी काठमाडौंमा भने मौसम तुलनात्मक रूपमा मध्यम रहनेछ। यहाँ आज अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियस र न्यूनतम १७ देखि १९ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ ।
पहाडी क्षेत्रका सहरहरूमा पनि तापक्रम सामान्यदेखि केही उच्च रहने छ । पोखरामा २९–३१ डिग्री, धनकुटामा २८–३० डिग्री र ओखलढुङ्गामा २५–२७ डिग्री सेल्सियस तापक्रम रहने देखिएको छ ।
यता हिमाली भेगमा भने चिसो यथावत् रहने छ । जोमसोम मा न्यूनतम तापक्रम ८ देखि १० डिग्री सेल्सियससम्म झर्ने पूर्वानुमान गरिएको छ, जसले देशकै सबैभन्दा चिसो स्थानको रूपमा कायम राख्नेछ। जिरी र जुम्लामा पनि न्यूनतम तापक्रम क्रमशः १०–१२ र ६–८ डिग्री सेल्सियस रहने छ ।
बढ्दो गर्मीका कारण स्वास्थ्य जोखिम बढ्न सक्ने भन्दै मौसमविद्हरूले अत्यावश्यक कामबाहेक दिउँसो बाहिर ननिस्कन, प्रशस्त पानी पिउन र सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।


भर्खर

कैलालीको गोदावरी–१२ को वडा कार्यालय भवनको उद्घाटन

धनगढी : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२ को वडा कार्यालय भवनको उद्घाटन गरिएको छ

तराईमा ह्वात्तै बढ्यो गर्मी

काठमाडौं : देशका तराई क्षेत्रहरूमा गर्मी अत्यधिक बढ्ने संकेत देखिएको छ । जल तथा मौसम

गृहमन्त्री गुरुङलाई बर्खास्त गरी पक्राउ गर्न माग

काठमाडौँ : गृहमन्त्री सुदन गुरुङलाई पदबाट बर्खास्त गरेर पक्राउ गर्न माग गरेको छ । मन्त्री