डोटीमा ४० लाख जरिबाना तोकिएकी फरार महिला पक्राउ

Saturday April 11, 2026

पढ्न लाग्ने समय :


डोटी : बैङ्किङ कसुर मुद्दामा अदालतबाट कैद सजाय र जरिबाना तोकिएकी एक महिलालाई डोटी प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत डोटीको २०८२ साल वैशाख २६ गतेको फैसला अनुसार १० दिन कैद सजाय र ४० लाख रुपैयाँ जरिबाना तोकिएकी डोटीको आदर्श गाउँपालिका–३ बस्ने ४० वर्षीया सन्जा कुमारी कठायत रोकायालाई प्रहरीले शुक्रवार पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले उनलाई दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजारबाट पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार फैसला कार्यान्वयनको सिलसिलामा फरार रहेकी रोकायालाई खोजतलासका क्रममा नियन्त्रणमा लिइएको हो। उनलाई आवश्यक प्रक्रिया पूरा गरी अदालतमा पेस गरिने प्रहरीले जनाएको छ।

 


भर्खर

युएईमाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ : दीपेन्द्रसिंह ऐरीको शतकसँगै नेपालले आइसिसी विश्वकप लिग–२ मा संयुक्त अरब इमिरेट्स (युएई) माथि

सम्पत्ति शुद्धिकरण निवारण अध्यादेश जारी

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धिकरण (निवारण अध्यादेश, २०८३ जारी गरेका छन। उनले नेपालको

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते

बैतडी : बैतडीको मेलौली नगरपालिका–८ कोटीगाउँस्थित कच्ची सडकमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका