डोटीमा सूर्य अगाडि, तारा दोस्रो स्थानमा
पढ्न लाग्ने समय :
डोटी : डोटी जिल्ला अन्तर्गतको बोगटान फुड्सिल गाउँपालिकाका विभिन्न वडाको मतगणनामा सूर्य चिन्ह रहेको एमाले अगाडि देखिएको छ। बोगटान फुड्सिल गाउँपालिकाका वडा नम्बर १, २, ३, ४, ६ र ७ को मतगणना सकिँदासम्म सूर्य चिन्ह रहेको एमालेले एक हजार १४ मत प्राप्त गरेको छ।
त्यसैगरी रुख चिन्हले ६२९ मत, तारा चिन्हले ७९७ मत तथा घण्टी चिन्हले ३६० मत प्राप्त गरेका छन्।
हालसम्मको मतपरिणामअनुसार सूर्य चिन्ह पहिलो स्थानमा रहँदा तारा चिन्ह दोस्रो, रुख चिन्ह तेस्रो र घण्टी चिन्ह चौथो स्थानमा देखिएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार अन्य वडाको मतगणना जारी रहेको छ। बाँकी मतगणनाको परिणाम आएपछि अन्तिम नतिजा सार्वजनिक गरिने जनाइएको छ।