डोटीमा माटोको ढिस्कोमा पुरिएर एक किसोरीको मृत्यु

Tuesday March 10, 2026

पढ्न लाग्ने समय :


डाेटी: डोटीमा  माटोको ढिस्कोमा पुरिएर एक किसोरीको मृत्यु भएको छ।

जिल्लाको सायल गाउँपालिका-२ ग्वानि टोलको गैसैनमा मंगलबार बिहान माटो खानीमा माटो खन्ने क्रममा खानी भत्किँदा १८ वर्षीया एलिना सिंहको मृत्यु भएको  स्थानिय शिक्षक खडक सिहले जानकारी  दिएका छन ।

खानी भत्किएपछि उनी माटोमा च्याप्पिएकी थिइन्। स्थानीयवासीले तत्काल उद्धार गर्ने प्रयास गरे पनि घटनास्थलमै उनको मृत्यु भएको जनाइएको छ।

डोटीका स्थानीयवासी नयाँ वर्ष नजिकिएसँगै घर लिपपोतका लागि रातो तथा कमेरो माटो वढी मात्रामा प्रयोग गर्ने  क्रममा बर्सेनि यस्ता  घटना  बढ्दै गएका छन ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।