डोटीमा जिप दुर्घटना, चार जना घाइते

Sunday February 22, 2026

पढ्न लाग्ने समय :


डोटी : डोटीमा जिप दुर्घटना भएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बोगटान फुड्सिल गाउँपालिका–३ धौलाबस्तीमा सुदूरपश्चिम प्रदेश ०३–००१ च ००१४ नम्बरको जिप दुर्घटनामा परेको हो।

दुर्घटनामा परी बोगटान फुड्सिल गाउँपालिका–३ मेल्टाकी ६६ वर्षीया जुनादेवी साउँद र १७ वर्षीया सीता साउँद गम्भीर घाइते छन्। उनीहरू दुवै जनाको टाउको, खुट्टा र छातीमा चोट लागेको छ। यसैगरी जिपका चालक बोगटान फुड्सिल गाउँपालिका–६ पलाडीका २७ वर्षीय तिर्थ बोगटी र वडा नं. ३ मेल्टाका १९ वर्षीय शारदा साउँद पनि घाइते भएका छन्।

घाइतेहरूलाई उपचारका लागि धनगढीको मायामेट्रो अस्पताल पठाइएको प्रहरीले बताएको छ। बोगटानबाट दिपायलतर्फ जाँदै गरेको जिप अर्को गाडीलाई साइड दिने क्रममा ब्याक हुन गई सडकबाट करिब एक सय ५० मिटर तल खसेको हो।

 


भर्खर

कैलाली र कञ्चनपुरबाट खैरो हेरोइन तथा लागूऔषधका एम्पुलसहित ६ जना पक्राउ

कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइन र लागूऔषधका एम्पुलसहित ६ जनालाई पक्राउ गरेको

बर्डफ्लु नियन्त्रणमा आएसँगै पोल्ट्री बजारमा सुधार, अण्डा, मासु र चल्लाको मूल्य बढ्न थाल्यो

पन्छीमा देखिएको बर्डफ्लु रोग नियन्त्रणमा आएसँगै पोल्ट्रीजन्य उत्पादनको बजारमा सुधार देखिन थालेको छ। अण्डा, कुखुराको

देवानगञ्ज घटनापछि सामाजिक सद्भावका लागि सर्वदलीय बैठक सुरु

काठमाडौं। सुनसरीको देवानगञ्जमा भएको दुःखद घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको