कैलाली र कञ्चनपुरबाट खैरो हेरोइन तथा लागूऔषधका एम्पुलसहित ६ जना पक्राउ

Wednesday July 29, 2026

पढ्न लाग्ने समय :


कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइन र लागूऔषधका एम्पुलसहित ६ जनालाई पक्राउ गरेको छ।

कैलालीको गौरीगंगा नगरपालिका–४ बाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने १० ग्राम ८०० मिलिग्राम पदार्थसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौरीगंगा–४ का २५ वर्षीय सुरेन्द्रबहादुर धामी र गौरीगंगा–१ लठैयाका २१ वर्षीय सन्तोष रानामगर रहेका छन्।

इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध ब्युरो धनगढीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउका क्रममा प्रहरीले खैरो हेरोइनसँगै नगद रु ३७ हजार १५० समेत बरामद गरेको जनाएको छ।

यस्तै, कैलालीकै टीकापुर नगरपालिका–३ रामपुरबाट १ ग्राम १८० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित २६ वर्षीय प्रशान्त चौधरी र १९ वर्षीय समिर चौधरी पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

उता कञ्चनपुरको भीमदत्त नगरपालिका–११ होल्डिङ सेन्टर क्षेत्रमा मोटरसाइकल जाँचका क्रममा भीमदत्त–१८ कटानका ३१ वर्षीय प्रदीप नाथ पक्राउ परेका छन्। उनले चलाएको म २ प ४२६७ नम्बरको मोटरसाइकलमा शङ्का लागेर जाँच गर्दा ३८ पिस बुप्रिनोरफाईन हाईड्रोक्लोराईड र ३४ पिस प्रोमेथेजाईन हाईड्रोक्लोराईड गरी जम्मा ७२ पिस लागूऔषधका एम्पुल बरामद भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीले मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिएको हो।

यसैगरी, भीमदत्त नगरपालिका–७ बैद्यनाथबाट २ ग्राम ३० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित हल्दुखालका २२ वर्षीय निशान्त चन्द पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध ब्युरो महेन्द्रनगरबाट संयुक्त रूपमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


भर्खर

कैलाली र कञ्चनपुरबाट खैरो हेरोइन तथा लागूऔषधका एम्पुलसहित ६ जना पक्राउ

कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइन र लागूऔषधका एम्पुलसहित ६ जनालाई पक्राउ गरेको

बर्डफ्लु नियन्त्रणमा आएसँगै पोल्ट्री बजारमा सुधार, अण्डा, मासु र चल्लाको मूल्य बढ्न थाल्यो

पन्छीमा देखिएको बर्डफ्लु रोग नियन्त्रणमा आएसँगै पोल्ट्रीजन्य उत्पादनको बजारमा सुधार देखिन थालेको छ। अण्डा, कुखुराको

देवानगञ्ज घटनापछि सामाजिक सद्भावका लागि सर्वदलीय बैठक सुरु

काठमाडौं। सुनसरीको देवानगञ्जमा भएको दुःखद घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको