डोटीमा एमालेका दीपक धामी अगाडि

Friday March 6, 2026

पढ्न लाग्ने समय :


धनगढी : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोटीमा नेकपा एमालेका उम्मेदवार दीपक धामी अगाडि रहेका छन। जिल्लामा पाँच हजार छ सय ७६ मत गणना हुँदा धामीले एक हजार सात सय ९४ मत पाएका हुन्।

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार त्रिलोचन भट्टको एक हजार तीन सय १२ मत रहेको छ। नेपाली कांग्रेसका भरतबहादुर खड्काले एक हजार २ सय ७६ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नरेन्द्रबहादुर खड्काले नौ सय ५४ मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का खड्क अग्रवालले ४३ मत रहेको छ।

डोटीमा ५२ हजार चार सय ८५ मत खसेको छ। जिल्लामा मतदाताको सङ्ख्या एक लाख २८ हजार तीन सय ९९ रहेको छ। डोटीमा ४० दशमलव ९ प्रतिशत मात्र मत खसेको हो।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।