डोटीमा अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु

Wednesday October 8, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार

डोटी जिल्लामा अरिङ्गालको टोकाइबाट एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ।

शिखर नगरपालिका–२, मुडेगाउँकी २२ वर्षीया मंगला पार्कीको अरिङ्गालको टोकाइका कारण ज्यान गएको हो। गत असोज ४ गते दिउँसो घाँस काट्न गएकी पार्कीलाई अरिङ्गालले टाउको, हात र घाँटीमा टोकेर गम्भीर घाइते बनाएको थियो। सुस्तमनस्थिति भएकी उनको स्वास्थ्य अवस्थाबारे ढिलो गरी जानकारी भएको बताइएको छ।

घटनाको करिब दुई हप्तापछि, असोज १८ गते, उनकी आमा मुनुली विकले छोरीलाई उपचारका लागि राजपुरस्थित महाकाली मेडिकलमा पु¥याइन्। मेडिकलमा रगत अभाव देखिएपछि सोही दिन उनलाई जिल्ला अस्पताल डोटीमा भर्ना गरियो। जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। सुजित मण्डलका अनुसार, पार्कीको शरीरमा रगतको कमी हुनुका साथै मिर्गौलामा पनि समस्या देखिएको थियो।

स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई मंगलबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा रेफर गरिएको थियो। उपचारकै क्रममा बुधबार बिहान ४ बजेर ५० मिनेटमा पार्कीको निधन भएको सेती प्रादेशिक अस्पतालले पुष्टि गरेको छ। मृतक पार्कीका श्रीमान् र दुई वर्षका एक छोरा छन्।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।