डोटीको सायलका आमाहरुलाई पोयुक्त खाद्य सामाग्री वितरण
पढ्न लाग्ने समय :
डोटी : डोटीको सायल गाउँपालिकाले सुनौला हजार दिनका आमाहरुलाई पोयुक्त खाद्य सामाग्री वितरण गरेको छ।
वडा नम्बर १ छपालिमा सुनौला हजार दिनका आमाहरुलाई पोषणयुक्त खाद्य सामाग्री वितरण गरिएको हो। मगलबार वडा नम्बर १ मा रहेका सुनौला हजार दिनका सुत्केरी भएका आमाहरुलाई पोषणयुक्त खाद्य सामाग्री वितरण कार्यक्रममा गरिएको हो ।
सुत्केरी भएका आमाहरुले राम्रो खानेकुरा खान नपाएका कारण बच्चालाई कुपोषण हुने तथा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या आउने भएकाले उक्त कार्यक्रम आफ्नो वडामा गरिएको गाउँपालिका उपाध्यक्ष निर्मला बोहरा ओलीले जानकारी दिए।
आमालाई पोषण समाग्री वितरण कार्यक्रममा १ क्रेटका दरले अण्डा,चना दाल, नुन तेल दिइएको हो । त्यस्तै उनीहरुलाई सरसफाई ध्यान दिन आग्रह गर्दै साबुन , सोडा कुल्केट नककाटसमेत वितरण गरिएको छ । उक्त कार्यक्रम गरी पोषण खानेकुरा वितरण गर्न थालेपछि यहाँका सुत्केरी भएका आमा तथा उनीहरुका घरपरिवार निकै खुशी भएका छन् ।
मातृशिशुको चौतर्फी वृद्धि विकासका लागि पोषणयुक्त खानाको सेवन अपरिहार्य रहेको र कुपोषणको शिकारबाट आमा र बच्चालाई जोगाउन पोषणको मात्रा कमी हुन दिन नहुने र बालबािलकाको पोषण स्थितिमा सुधार ल्याउन पोषणयुक्त खाद्य सामाग्री वितरण गरेको उपाध्यक्ष ओलीको
भनाइ छ।