डोटीको प्रसिद्ध बडीकेदार धाममा मेला लाग्दै

Friday April 24, 2026

पढ्न लाग्ने समय :


धनगढी : डोटीको बडीकेदार मन्दिरमा जेठ १७ र १८ गते मेला लाग्ने भएको छ । सो शिवमन्दिरमा केदारनाथ बाबा मन्दिर रूपमा पूजाआजा हुने गरेको छ । खास गरेर सन्तान नहुनेले सन्तान माग्दा सन्तान प्राप्ति हुने विश्वास गरिने सो मन्दिरमा पूजाआजा गर्न नेपालका सुदूरपश्चिम प्रदेश, कर्णालीको दैलेख र भारतको उत्तरप्रदेश तथा उत्तराखण्डका धर्मालम्बी आउने गर्छन् ।
मन्दिरमा कात्तिक पूर्णिमा र महाशिवरात्रिमा पनि पूजाआजा हुने र मेला लाग्ने गर्छ । बडीकेदार क्षेत्र पर्यटन विकास समितिका अध्यक्ष उपेन्द्र बमका अनुसार सो मन्दिरमा बाह्रै महिना पूजाआजा गर्न पाउने व्यवस्था गर्न थालिएको छ ।
पूजाआजासँगै हुने मेला व्यवस्थापनका लागि आफूहरूले पूरै तयारी गरेको समितिका अध्यक्ष बमले बताउनुभयो । उनले मेलामा आउनेका लागि सामान्य खाना र बस्नको व्यवस्थापन हुने पनि बताए ।
अहिले खाने, बस्ने राम्रो व्यवस्था छैन । चाँडै त्यो व्यवस्था गर्ने गरेर पूर्वाधार निर्माणका लागि काम गरिरहेको पनि उनले बताए ।


भर्खर

डोटीको प्रसिद्ध बडीकेदार धाममा मेला लाग्दै

धनगढी : डोटीको बडीकेदार मन्दिरमा जेठ १७ र १८ गते मेला लाग्ने भएको छ । सो

सुदूरपश्चिमको तराईमा तातो लहरको पूर्वानुमान

काठमाडौँ : हाल मुलुकमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ भने हिमाली भू–भागका

शेखर गोल्छा पक्राउ

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा उद्योगी शेखर गोल्छालाई प्रहरीले पक्राउ गरेको छ