डोटीको जोरायल गाउँपालिका अध्यक्ष ओझाको ह्वाटसेवबाट रकम मागिदै

Sunday March 22, 2026

पढ्न लाग्ने समय :


धनगढी : डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाको ह्वाटसेवबाट रकम माग गरिएको छ। गाउँपालिका महासङ्घ, सुदूरपश्चिमका पूर्व अध्यक्षसमेत रहेका ओझाको ह्वाटसेव शनिवार साँझदेखि ह्याक भएको हो।

उनले प्रयोग गर्दै आएको ९८४८४७८९८८ नम्बरको ह्वाटसेवबाट सहयोग रकम माग गर्न गरिएको छ। विभिन्न व्याक्तिहरुको बैँकको क्यूआर पठाउदै ह्याकरले रकम सहयोग गर्न भनेको हो। ओझाले गाउँपालिका महासंघको बैठकका लागि भन्दै पठाएको लिङ्कका कारण आफू ह्याकरको सिकार भएको उनले बताएका छन्। उनले भने, ‘गाउँपालिका राष्ट्रिय महासङ्घको जुम मिटिङ्ग भनियो। मलाई ओटीपी मागियो। गाउँपालिकाको अहिले केन्द्रीय सदस्य हो। ओटीपी दिएपछि मेरो ह्वाटसेव ह्याक भएको छ। विभिन्न व्याक्तिीहरूबाट ५०/५० हजार मागिदैछ। कसैले पनि नपठाउनु होला, ह्याक भएको हो।’


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।