डोटीको आदर्श गाउँपालिकामा १५ शैयाको अस्पताल साउनबाट सञ्चालनमा आउने

Monday June 22, 2026

पढ्न लाग्ने समय :


डोटी : डोटीको आदर्श गाउँपालिकामा निर्माणाधिन १५ शैयाको आधारभूत अस्पतालको निर्माण कार्य सम्पन्न भएसँगै आगामी साउन १ बाट सञ्चालनमा आउने भएको छ । २०८० साल असार २६ गतेदेखि निर्माण कार्य सुरु भएको अस्पताल भवनको अनुमानित लागत ३० करोड ११ लाख रुपैयाँको रहेकोमा भवनको ठेक्का प्रक्रियामा रोयल कन्स्ट्रक्सन धनगढीले २६ करोड ६५ लाख १६ हजारमा वनाउने कबोल गरेको थियो ।
गाउँपालिकाको केन्द्र रहेको वडा नं. २ को मौवानगरदहमा निर्माण भएको उक्त भवनमा आगामी साउन १ गतेदेखि अस्पताल सञ्चालन हुने गाउँपालिकाका अध्यक्ष गणेशवहादुर खड्काले बताए।
सुविधा सम्पन्न भवन निर्माण भएसँगै साउन १ गतेबाट अस्पतालको औपचारिक रुपमा उद्घाटनसँगै विशेषज्ञ चिकित्सकको दरबन्दीसहित सेवा उपलब्ध गराउने तयारी भइरहेको उउाले बताए।
अस्पताल सञ्चालनमा आएपछि आदर्श संगसंगै सायल गाउँपालिकाका जनतालाई समेत सहज हुने छ ।
अस्पताल सञ्चालन भएपछि सामान्य उपचारका लागि पनि दिपायल सिलगढी पुग्नु पर्ने बाध्यता अन्त्य हुने छ।

डोटी जिल्लाका नौ स्थानीय तहमध्ये हालसम्म कुनै पालिकाले पनि आधारभूत अस्पताल सञ्चालनमा ल्याउन सकेका छैनन् । पूर्वीचौकी गाउँपालिकाले अस्पतालको भवन निर्माण सम्पन्न भई उद्घाटन भएपनि हाल उक्त भवनबाट सानागाँउ स्वास्थचौकीले स्वास्थ सेवा प्रदान गरिरहेको छ।
यस्तै शखिर नगरपालिकामा पनि १५ सैया आाधरभुत अस्पतालको भौतिक सरचना निर्माणकार्य अन्तिम चरणमा रहेको छ।


भर्खर

बैतडीमा प्रधानाध्यापकबाट विद्यार्थी कुटिए, प्रधानाध्यापक प्रहरी नियन्त्रणमा

बैतडीः बैतडीमा आफ्नै विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पुर्चौंडी

धनगढीमा विद्युतीय सवारी चालक आन्दोलित

धनगढी : धनगढीमा विद्युतीय सवारी चालक आन्दोलित भएका छन्। सुदूरपश्चिम प्रदेशमा ईभी (विद्युतीय सवारी) सञ्चालनमा

कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु

धनगढी : कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु भएको छ भने सहसेनानी घाइते