डडेल्धुरामा झाडापखालाले एक बालकको मृत्यु

Sunday April 26, 2026

पढ्न लाग्ने समय :


डडेल्धुरा : डडेल्धुराको भित्री मधेश जोगबुडामा झाडापखालाका कारण एक सात वर्षीय बालकको मृत्यु भएको छ ।

अत्यधिक गर्मी हुने चुरे क्षेत्र अन्तर्गत परशुराम नगरपालिका–२ मा झाडापखालाको प्रकोपसँगै बालकको मृत्यु भएपछि एकै परिवारमा शोक छाएको छ । एकै परिवारका चार जनालाई एक्कासि झाडापखाला लागेपछि अस्पताल लैजाने क्रममा ७ वर्षीय बालक युवराज बुढामगरको बाटोमै मृत्यु भएको हो ।

जोगबुडा प्रादेशिक अस्पतालका सूचना अधिकारी प्रकाश घिमिरेका अनुसार झाडापखाला लागेका मृतककी आमा र अन्य तीन बालबालिका अस्पतालमा भर्ना गरिएका छन् । उनीहरूको हाल उपचार भइरहेको छ । तीनै जना बालबालिकामा झाडापखाला देखिएको र आमा भने अत्यधिक तनावका कारण प्रभावित भएको उनले बताए ।
झाडापखाला लागेका उनीहरूको हैजाको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको घिमिरेले जानकारी दिए । प्रारम्भिक रूपमा फूड पोइजनका कारण झाडापखाला र बान्ता भएको आशङ्का गरिएको छ । उनका अनुसार हाल उपचाररत सबैको अवस्था सामान्य रहेको छ ।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको