डडेल्धुराका नागरिक फोहोरमैला व्यवस्थापनको विषयमा असन्तुष्ट, निर्वाचन बहिष्कार

Friday February 20, 2026

पढ्न लाग्ने समय :


धनगढीः डडेल्धुराको अमरगढी नगरपालिका–६ का स्थानीयले निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन्। फोहोरमैला व्यवस्थापनको विषयलाई लिएर असन्तुष्टि जनाउँदै उनीहरूले औपचारिक घोषणासभा नै आयोजना गरेर चुनावमा सहभागी नहुने निर्णय सार्वजनिक गरेका हुन्।

स्थानीयका अनुसार नगरपालिकाले सुरुमा अमरगढी–५ भजनपुर नजिकैको गुनेगाड क्षेत्रमा कागती खेती गर्ने योजना रहेको जानकारी दिएको थियो। तर पछि सोही स्थानमा फोहोर फाल्न सुरु गरिएको भन्दै उनीहरू आक्रोशित बनेका छन्। फोहोरविरुद्ध संघर्ष समितिका अध्यक्ष गंगा ताम्राकारले नगरपालिकाले वास्तविक योजना लुकाएर जनतालाई भ्रममा पारेको आरोप लगाए।

उनले उक्त क्षेत्र फोहोर व्यवस्थापन केन्द्रका लागि उपयुक्त नभएको भन्दै पटक–पटक विरोध जनाए पनि माग बेवास्ता गरिएको बताए। बस्ती नजिकै रहेको, खानेपानीका मुहान, सिँचाइको स्रोत तथा विद्यालय जाने बाटोसमेत प्रभावित हुने भएकाले सो स्थान अनुपयुक्त रहेको स्थानीयको भनाइ छ।

स्थानीयले फोहोर व्यवस्थापनका लागि वैकल्पिक र उपयुक्त स्थान छनोट गर्न माग गर्दै माग सम्बोधन नभए आन्दोलन थप चर्काउने चेतावनी दिएका छन्।

उल्लेखनीय छ कि डडेल्धुरा शेरबहादुर देउवा को गृहजिल्ला हो। उनी सो जिल्लाबाट सातपटक निर्वाचित भई पाँचपटक प्रधानमन्त्री भइसकेका छन्। यसपटक भने उनी चुनावी प्रतिस्पर्धामा छैनन्।

 


भर्खर

बैतडीमा प्रधानाध्यापकबाट विद्यार्थी कुटिए, प्रधानाध्यापक प्रहरी नियन्त्रणमा

बैतडीः बैतडीमा आफ्नै विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पुर्चौंडी

धनगढीमा विद्युतीय सवारी चालक आन्दोलित

धनगढी : धनगढीमा विद्युतीय सवारी चालक आन्दोलित भएका छन्। सुदूरपश्चिम प्रदेशमा ईभी (विद्युतीय सवारी) सञ्चालनमा

कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु

धनगढी : कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु भएको छ भने सहसेनानी घाइते