ट्राफिक प्रहरी जोशी सम्मानित
पढ्न लाग्ने समय :
धनगढीः जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत सहायक हवलदार हेमराज जोशीलाई उत्कृष्ट रूपमा जिम्मेवारी निर्वाह गरेको भन्दै चैतन्य पाठशालाले सम्मान गरेको छ।
ट्राफिक व्यवस्थापन, सडक सुरक्षा तथा विद्यार्थी–सचेतनामूलक गतिविधिमा उल्लेखनीय योगदान पु¥याएको कदर गर्दै सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाले जोशीलाई सम्मानपत्र प्रदान गरे।
जोशीको कार्यशैलीले विद्यार्थी, अभिभावक र सर्वसाधारणमा सकारात्मक सन्देश प्रवाह भएको जनाइएको छ।