टी-२० विश्वकप खेल्ने अफगानिस्तानको टिमको घोषणा

Wednesday May 1, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । अफगानिस्तानले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ ।

आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि अफगानिस्तानले आफ्नो १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

विश्वकप खेल्ने अफगानिस्तानको टिममा राशिद खान (कप्तान), रहमानउल्लाह गुरबाज (विकेटकीपर), इब्राहिम जद्रान, अजमातुल्लाह ओमरजाई, नजिबुल्लाह जद्रान, मोहम्मद इशाक, मोहम्मद नाबी, गुलबादिन नाइब, करिम जनात, नांग्याल खरोती, मुजीब उर रहमान, नूर अहमद, नवीन उल हक, फजलहक फारुकी र फरीद अहमद मलिक रहेका छन् ।

त्यसैगरी टिमसँगै जाने रिजर्भ खेलाडीमा सेदिक अटल, हजरतुल्लाह जाजई र सलीम साफी रहेका छन् ।

टी-२० विश्वकपमा अफगानिस्तान समुह सी मा रहेको छ । यस समुहमा अफगानिस्तानसँगै न्यूजील्याण्ड, वेस्ट इन्डिज, पिएनजी र युगाण्डा रहेका छन् । विश्वकपमा अफगानिस्तानको पहिलो खेल जुन ३ मा युगाण्डासँग रहेको छ ।


भर्खर

दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं : विशेष अदालतले सम्पत्ति शुद्धिकरणको आरोप खेपेका सुलभ अग्रवाल र दिपक भट्टलाई थुनामा पठाउन

बाजुराको लाम्पाटामा सुरक्षाकर्मी तैनाथ, घर फर्किन थाले विस्थापित परिवार

धनगढीः बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका-३ लाम्पाटाका विस्थापित परिवार सुरक्षाकर्मी तैनाथ भएपछि घर

नेपाली तीन महिला विषादीसहित भारतीय सीमा सुरक्षा बलको नियन्त्रणमा

धनगढीः भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको नेपाल–भारत सिमा क्षेत्रबाट अबैध किटनाशक विषादीसहित तीन नेपाली