टीकापुरबाट ११ जना जुवाडे पक्राउ

Wednesday April 29, 2026

पढ्न लाग्ने समय :


धनगढीः कैलालीको टीकापुरबाट ११ जना जुवाडे पक्राउ परेका छन्।
टीकापुर नगरपालिका–२ बिजयनगरका ४५ वर्षीय आशाराम चौधरीको घरगोठमा जुवातास खेलिरहेको अवस्थामा निज आशाराम चौधरीसहित ११ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो। जुवातास खेलिरहेका भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय टीकापुर,कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ९०५ र ४ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।