टर्किएले २०२५ को लागि न्युनतम ज्याला ३० प्रतिशतले बढायो

Wednesday December 25, 2024

पढ्न लाग्ने समय :


टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मंगलवार २०२५ को लागि न्युनतम ज्यालामा ३० प्रतिशत वृद्धि गरी २२ हजार १०४ लिरा (लगभग ६३० अमेरिकी डलर) पु¥याएको घोषणा गर्नुभएको छ । न्युनतम पारिश्रमिक निर्धारण आयोगको अंकारामा भएको चौथो बैठकपछि यो घोषणा गरिएको हो । श्रम तथा सामाजिक सुरक्षामन्त्री वेदात इसिखानले यो वृद्धिले श्रमिकको हितमा वृद्धि हुने र देशको आर्थिक स्थायित्वलाई मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । यद्यपि टर्किस कन्फेडेरेसन अफ ट्रेड युनियन (टर्क–आईएस) ले तलव प्रश्तावको बारेमा पूर्व सूचनाको अभावको कारण बैठकमा उपस्थित नहुने निर्णय गरेको छ ।

टर्क–आईएसका अध्यक्ष एर्गुन अतालेले यसअघि ४५ प्रतिशत वृद्धि र २० प्रतिशत सामाजिक हिस्सासहित २९ हजार ५८३ लिरा (लगभग ८४५ डलर) को खुद ज्यालाको मागलाई रूपरेखा दिएका थिए । युनियनले यो सङ्ख्याभन्दा कम कुनैपनि निर्णयलाई अनुमोदन नगर्ने दोहो¥याएका थिए । २०२४ को लागि न्युनतम ज्याला १७ हजार २ लिरामा सेट गरिएको थियो । यसैबीच टर्कीको वार्षिक मुद्रास्फीति दर नोभेम्बरमा ४७.०९ प्रतिशतमा झरेको छ । जुन २०२३ को जुन यताकै न्युन स्तर हो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।