टर्किएले २०२४ मा समुन्द्रमा ५५ हजार ७२६ अवैध आप्रवासीहरूलाई रोक्यो

Friday January 3, 2025

पढ्न लाग्ने समय :


पछिल्लो तथ्याङ्कअनुसार टर्किएले सन् २०२४ मा आफ्नो समुन्द्र हुँदै युरोपेली देशहरूमा प्रवेश गर्ने प्रयास गर्ने ५५ हजार ७२६ अवैध आप्रवासीहरूलाई रोकेको बताएको छ । टर्की कोस्ट गार्डले आफ्नो वेबसाइटमा २०२४ मा सबै टर्की समुन्द्रहरूमा २ हजार ११ अनियमित माइग्रेसन घटनाहरू भएको जनाएको छ । अगस्टमा २४५ मामिलाहरूमा उच्चतम संख्या रिपोर्ट गरिएको बताइएको छ । ४५ आप्रवासीहरूले ज्यान गुमाएका छन् ।

तथ्याङ्कअनुसार गत वर्ष अवैध आप्रवासी र मानव तस्करी नियन्त्रणका लागि जारी प्रयासअन्तर्गत ४८४ संदिग्ध मानव तस्कर पक्राउ परेका छन् । जुन सन् २०२३ मा भएको १६९ पक्राउको तुलनामा उल्लेख्य वृद्धि भएको छ । टर्किए हुँदै युरोप पुग्ने प्रयास गर्ने आप्रवासीहरूका लागि एजियन सागर महत्वपूर्ण मार्ग भएको छ । राष्ट्रपतिको सञ्चार निर्देशनालयकाअनुसार टर्किएमा हाल ४० लाखभन्दा बढी आप्रवासीहरू छन् । जसमा अधिकांश सिरियाली छन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।