झापामा श्रोत नखुलेको १३ लाख रुपैयाँसहित एकजना पक्राउ

Friday August 26, 2022

पढ्न लाग्ने समय :


झापा । प्रहरीले स्रोत नखुलेको १३ लाख ६० हजारसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गाउँपालिका– १ निवासी ५४ वर्षीय तेजबहादुर गणेश रहेका छन् । विशेष सूचनाका आधारमा उनलाई इलाका प्रहरी कार्यालय कुमरखोदको प्रहरी टोलीले नेपाल–भारत सीमास्थित लसुना बोर्डरबाट आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

नगद लिएर भारतबाट नेपाल आइरहेका गणेश प्रहरीको टोली देखेपछि नजिकै रहेको घरतिर भागेका थिए । गणेशलाई घर नजिकैबाट रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका गणेशका साथबाट एक हजार दरका नौ सय नोट, पाँच सय रुपैयाँका नोट आठ सय र एक सय दरका नोट छ सय बरामद भएको बताइएको छ । पक्राउ परेका गणेशलाई राजस्व अनुसन्धान कार्यालय इटहरी पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।