जेनजी आन्दोलनमा मृत्युबरण गरेकाहरुलाई शहीद घोषणा
पढ्न लाग्ने समय :
न्युज नेपाल समाचार
धनगढी, भदौ २९ गते । जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरेको छ ।
नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्ने क्रममा आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने निर्णयमा हस्ताक्षर गरिन् ।
भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा हालसम्म ५१ जना प्रदर्शनकारीको मेत्यु भइसकेको छ । त्यस्तै, तीन जना सुरक्षाकर्मीको पनि ज्यान गएको छ । त्यस्तै जेल तोडेर भाग्ने क्रममा गोली लागेर १० जना कैदीबन्दी मारिएका छन् ।।