जेनजी आन्दोलनमा भएको व्यक्तिगत सम्पत्तिको क्षतीको अर्बौ बीमा मागदाबी

Wednesday September 17, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
काठमाडौं, असोज १ गते ।

जेनजी आन्दोलनका क्रममा निजी सम्पत्तिमा भएको क्षतीको बीमा मागदाबी ३० अर्ब रुपैयाँको करिब पुगेको छ । नेपालमा कुनै पनि आन्दोलन वा दैवी प्रकोपबाट निजी सम्पत्तिमा भएको क्षतीको बीमा मागदाबी यो अहिलेसम्मकै सबैभन्दा बढी हो । नेपाल बीमा प्राधिकरणका अनुसार मंगलबारसम्ममा बीमा कम्पनीहरूमा परेको दाबी ३० अर्ब रुपैयाँको हाराहारी पुगेको छ ।

निर्जीवन बीमा तथा रि–इन्स्योरेन्स कम्पनीहरूलाई २०७२ बैशाखको महाभूकम्प, कोरोना महामारी, २०८० साल असोजको बाढी लगायतका प्राकृतिक तथा महाविपत्तिमा समेत यति ठूलो दायित्व दिएको थिएन ।

आन्दोलनका क्रममा भएका निजी तथा सार्वजनिक सम्पत्तिको तोडफोड तथा आगजनी निर्जीवन बीमा कम्पनी तथा रि–इन्स्योरेन्स कम्पनीलाई अकल्पनीय दायित्व सिर्जना हुने भएको छ । बीमा मागदाबी अझ बढ्न सक्ने सम्भावना छ । किनकि अझै क्षतिको पूर्ण मुल्यांकन हुन बाँकी नै रहेको छ । अहिलेसम्म ठूला तथा व्यावसायिक घरानाका प्रतिष्ठानले माग दाबी गरेको बीमा प्राधिकरणका अधिकारीहरूको भनाई छ । सरकारी सम्पत्तिको बीमा गरिएको हुँदैन । तर सवारी साधनहरूमा तेस्रो पक्षको बीमा हुने भएकाले त्यसको समेत बीमा मागदाबी आउन बाँकी नै छ । त्यस्तै, साना तथा सामान्य तोडफोड र लुटपाटबाट भएका क्षतिको दाबी आउन पनि बाँकी छ । बीमा प्राधिकरणका अधिकारीहरूले यस पटकको आन्दोलनबाट व्यक्तिगत सम्पत्तिमा भएको क्षतीको दाबी ४० अर्बभन्दा धेरै हुने अनुमान गरेका छन् ।

आन्दोलनका क्रममा चन्द्रागिरि केबलकार, भाटभटेनी सुपरमार्केट, गाडीका शोरुम, बैंक, मौलाकालिका केबलकार, सीजी डिजिटल, होटल हिल्टन, एनसेल, हयात रिजेन्सी होटल, व्यक्तिगत घर तथा व्यवसायमा तोडफोड तथा आगजनी हुँदा पूर्ण वा आंशिक रुपमा क्षति भएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।