जेनजीको प्रदर्शनमा अत्यधिक दमन भएपछि आलोचना खेपिरहेका गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

Monday September 8, 2025

पढ्न लाग्ने समय :


  1. जेनजीको प्रदर्शनमा अत्यधिक दमन भएपछि आलोचना खेपिरहेका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु भएको छ।

    उहाले मन्त्रिपरिषद् बैठकमै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाउनु भएको हो ।
    सोमबार साँझ बसेको कांग्रेस पदाधिकारीहरूको बैठकमा गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठेको थियो। ठूलो मानवीय क्षति हुने गरी बल प्रयोग गरेको भन्दै नेताहरूले प्रश्न उठाएका थिए।
    जेनजीले काठमाडौँसहित देशका विभिन्न सहरमा गरेको प्रदर्शनमा ठूलो मानवीय क्षति भएको छ।
    काठमाडौँ उपत्यकामा १८ र इटरीमा २ जना गरी २० जनाको मृत्यु भएको छ।
    अढाई सयभन्दा बढी घाइते भएका छन्। बानेश्वरको संसद् भवनमा प्रदर्शनकारी प्रवेश गरेका थिए।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।