जुम्लामा पुग्यो पाठ्यपुस्तक

Saturday April 6, 2024

पढ्न लाग्ने समय :


जुम्ला । हिमाली जिल्ला जुम्लामा यो वर्ष समयमै पाठ्यपुस्तक पुगेको छ । यसअघिका वर्षहरुमा पाठ्यपुस्तक समयमा नपुग्ने जुम्लामा यो पटक नयाँ शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक पुगेको हो ।

सदरमुकाम खलङ्गा बजारमा रहेको जिपी स्टेसनरीका सञ्चालक गणेश रोकायाले शैक्षिक सत्र सुरु हुनु एक महिनाअघि नै पाठ्यपुस्तक जिल्लामा पुगिसकेको जानकारी दिए । उनले भने, “जिल्लाका स्थानीय तहमा रहेका केही विद्यालयले पाठ्यपुस्तक खरिद गरेर लगिसकेका छन् । अहिलेसम्म पातारासी गाउँपालिकाका चार, गुठीचौरका दुई र तिलाका चारवटा विद्यालयले पाठ्यपुस्तक लिएका छन् ।”

अरू स्थानीय तहका विद्यालयले पनि पाठ्यपुस्तक लैजाने तयारी गरिरहेका रोकायाको भनाइ छ । उहाँका अनुसार यही चैत ११ गते कक्षा १ देखि १० सम्मका एक/एक हजार थान पुस्तक आइसकेका छन् ।

सरकारले हिमाली जिल्लामा माघ मसान्तभित्रै जनक शिक्षा सामग्री केन्द्रबाट पुस्तक छपाइ गरेकाले यो वर्ष पुस्तक वितरण सहज भएको हो । विद्यालय सञ्चालन हुनु पहिले प्रत्येक विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्ने भएको सध्या स्टेसनरीका सञ्चालक सुनम खड्काले बताए । उनका अनुसार शनिबार पाँच/पाँच सय थान पाठ्यपुस्तक आइसकेका छन् ।

सूचीकृत भएका स्टेसनरीबाट पाठ्ययुस्तक विद्यालयले खरिद गरेर लैजाने गरेका सिञ्जा गाउँपालिका शिक्षा शाखा प्रमुख शङ्कर धितालले जानकारी दिए । उनका अनुसार पाठ्यपुस्तक खरिद गरेर तिलाका सबै विद्यालयमा समयमै पुर्‍याउन विद्यालयलाई परिपत्र गरिएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।