जिल्ला लिग फुटबल प्रतियोगिता सुरु

Tuesday April 16, 2024

पढ्न लाग्ने समय :


महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको महेन्द्रनगरमा सोमबारदेखि जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको छ । कञ्चनपुर जिल्ला फुटबल सङ्घको आयोजना र भीमदत्त नगरपालिकाको सहयोगमा सुरु भएको प्रतियोगिताको एक कार्यक्रमकाबीच भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीले उद्घाटन गरे ।

महेन्द्रनगरस्थित खुल्ला मञ्चमा भएको पहिलो खेल दीपज्योति युवा क्लब र अरनिको युवा क्लबबीच बराबरीमा टुङ्गिँदा समान एक/एक अङ्कमा बाँडेका छन् । कञ्चनपुर जिल्ला फुटबल सङ्घका महासचिव नितेश रावलले निर्धारित समयमा गोलरहित हुँदा दुवै टोलीले अङ्क बाँडेका जानकारी दिए ।

त्यसैगरी, सोमबारको दोस्रो खेलमा निङ्गलाशैनी विकास समाजले विजयी सुरुआत गरेको छ । निङ्गलाशैनीले द ग्यालेक्सी युवा क्लबलाई ३–२ गोलले पराजित गर्दै आफ्नो विजयी यात्रा सुरुआत गरेको हो ।

आज रोयल गोर्खाज स्पोर्टस् क्लब र आदर्श समाज, कञ्चन समाज र महेन्द्रनगर युनाइटेड तथा अन्तिम खेल त्रिपुरा समाज र राम युवा क्लबबीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उपाधि विजेता टोली रु ५१ हजार एक सय ११, उपविजेता टोलीले रु २५ हजार पाँच सय ५५ र सान्त्वना पुरस्कारस्वरुप रु ११ हजार एक सय ११ नगदसहित पुरस्कृत हुनेछन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) वार्षिक कार्यतालिकाअनुसार भइरहेको प्रतियोगितामा कूल ११ टोली सहभागी छन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।