जाडोले जुम्लाका सामुदायिक विद्यालय बन्द

Sunday December 31, 2023

पढ्न लाग्ने समय :


जुम्ला। यहाँका आठवटै स्थानीय तहका सामुदायिक विद्यालय जाडो बढेसँगै बन्द भएका छन् ।

जिल्लामा बढेको अत्यधिक चिसोले पुसको पहिलो सातादेखि फागुनसम्म पालिकाका सबै सामुदायिक विद्यालय बन्द गरिएको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए ।

सामुदायिक विद्यालय बन्द भएपछि कतिपय विद्यार्थी थप अध्ययन गर्नका लागि सदरमुकाम खलङ्गा बजारलगायत सुर्खेत गएका चन्दननाथ माध्यमिक विद्यालय कक्षा ११ मा अध्ययनरत विद्यार्थी विष्णु बुढाले बताए ।

जाडोले विद्यालय बन्द भएपछि सदरमुकाम खलङ्गा बजारमा कक्षा ११ को अङ्ग्रेजी विषयको ‘ट्युसन’ पढ्ने गरेको पातारासी गाउँपालिका–२ का विद्यार्थी विशाल ऐडीको भनाइ छ ।

आगामी फागुनको १ गतेदेखि विद्यालयमा पढाइ हुने भएको छ । बिदामा बसेका सबै शिक्षकलाई माघको अन्तिम साताभित्र उपस्थित हुन भनिएको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।

चिसोले यहाँका स्थानीय तहले विद्यालय बन्द गरेपछि जिल्ला बाहिरका शिक्षक घर फर्कन थालेका छन् । कतिपय शिक्षकले बजारमा ट्युसन पढाउन थालेका तिला गाउँपालिका–१ मा रहेको सीता माध्यमिक विद्यालयका शिक्षक सुनम बुढाले बताए ।

कर्णाली प्राविधिक शिक्षालयले उच्च हिमाली भेगमा बढेको चिसोले जनजीवन कष्टकर र पठनपाठन गर्न गराउन कठिनाइ भएकाले सम्पूर्ण सङ्कायमा अध्ययनरत विद्यार्थीलाई आजदेखि फागुनको २ गतेसम्म हिउँदे बिदा दिइएको शिक्षालय प्रमुख टेकेन्द्रबहादुर थापाले जानकारी दिए ।

अहिले जिल्लाको तापक्रमको दिनहुँ ‘माइनस’मा जाने गरेको हावापानी फिल्ड कार्यालयले जनाएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।