जलवायु परिवर्तनको असर र पर्वतीय देशहरुका एजेण्डाहरु स्थापित गर्न ‘सगरमाथा संवाद’

Thursday January 23, 2025

पढ्न लाग्ने समय :


प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद गर्ने घोषणा गर्नुभएको छ । जलवायु परिवर्तनको मुद्दा उठाउन सगरमाथा संवादको आवश्यक रहेको भन्दै सरकारले सगरमाथा संवाद आयोजना गर्ने तयारी थालेको हो । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तन र यसले पर्यतीय क्षेत्रमा पारेको असरबारे विश्व जगतलाई जानकारी गराउन सरकारले ‘सगरमाथा संवाद’ शुरु गरेको बताउनु भयो ।

गत मंगलवार सिंहदरबारमा एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै वनमन्त्री ठकुरीले कार्बन उत्सर्जनमा न्युन भुमिका खेलेका नेपाल जस्ता पर्वतीय मुलुकहरुले सामना गर्नुपरेको जलवायुको असर, जलवायु कार्य गर्नको लागि आवश्यक पर्ने वित्त र प्रविधि हस्तान्तरणको विषयमा विश्व समुदायलाई जानकारी गराउनु संवादको मुल उद्देश्य रहेको बताउनु भयो । उहाँले संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन (युएनएफसिसी) को वार्षिक क्यालेण्डर कार्यान्वयन र उसले गर्ने गतिविधिहरुमा नेपालजस्ता पर्वतीय देशहरुका एजेण्डा स्थापित गर्न नेपाल लागिपरेको बताउनु भयो ।

उहाँले सगरमाथा संवादले जलवायु परिवर्तनको कारण नेपाल र नेपालजस्ता पर्वतीय मुलुकले भोगिरहेका समस्या समाधानका लागि महत्वपूर्ण भुमिका खेल्ने मन्त्री ठकुरीको विश्वास छ । सम्मेलनमा जलवायु परिवर्तनको असर कम गर्न सहकार्य गर्दै आएका राष्ट्रहरुका सरकार प्रमुख तथा मन्त्रिहरुलाई आमन्त्रण गरिने मन्त्री शाहीले बताउनु भयो । उहाँले संवादमार्फत नेपालका सबै परिस्थितिहरुको बारेमा छलफल गर्दै अन्तर्राष्ट्रियस्तरमा पु¥याउने संवादको मुख्य उद्देश्य रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो कार्यक्रमको  मुल उद्देश्य भनेको विशेषगरी पर्वतीय क्षेत्र भएका मुलकहले जलवायु परिवर्तनको कारणले भोग्नुपरेको परिस्थिति र पर्वतीय क्षेत्रदेखि लिएर सामुन्द्रिक किनारसम्मका भागहरुमा परेको असरका बारेमा विश्व जगतलाई जानकारी गराउने हो । कार्बन उत्सर्जनमा एकदमै न्युन भुमिका निर्वाह गर्ने नेपाल जस्ता देशहरुले भोग्नुपरेका जुन परिस्थितिहरु छन् ति र जलवायु वित्त र प्रविधिको विकास र प्रविधि हस्तान्तरणका विषयमा समेत सगरमाथा संवादमार्फत विश्वलाई जानकारी गराउने उद्देश्य हो । त्यसपछि युएनएफसिसीको वार्षिक क्यालेण्डर र उसले गर्ने गतिविधिहरुमा नेपाल जस्ता पर्वतीय देशहरुका एजेण्डाहरु स्थापित गर्नको लागि हामीले अहिले पनि धेरै प्रयास गरेका छौँ । अगामि दिनमा पनि सगरमाथा संवादले सहयोग गर्नेछ भन्ने हामीले विश्वास लिएका छौं । जलवायु परिवर्तनको असर कम गर्न सहकार्य गर्दै आएका राष्ट्रहरुका सरकार प्रमुखहरु, राष्ट्र प्रमुखहरु र मन्त्रीहरुलाई आमन्त्रण गरेर उहाँहरुको उपस्थितिमा नेपालका सबै परिस्थितिहरुको बारेमा छलफल गर्ने र उहाँहरुका कुराहरु पनि सुन्ने र अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने संवादको उद्देश्य हो ।’

उहाँले सरकारले सगरमाथा संवाद गर्ने निर्णय कोरोना भाइरस संक्रमण फैलिनुभन्दा पहिले नै गरेको भएपनि विभिन्न समस्याको कारण गर्न नसकेको बताउनु भयो । उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परराष्ट्र मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको संयुक्त प्रयासले सगरमाथा संवादको शुभारम्भ भएको बताउनु भयो । संवादको गृहकार्यको लागि सरकारले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको संयोजकत्वमा निर्देशन समिति समेत गठन गरेको उहाँले बताउनु भयो । उहाँले संवादमा पर्वतीय क्षेत्रमा सहकार्य गर्ने तथा दौत्य सम्बन्ध कायम भएका सबै मुलुकहरुलाई आमन्त्रित गरिने बताउनु भयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।