जलन विधेयक पारित गर्दै जलन उपचार केन्द्र स्थापना गर्न माग

Sunday February 16, 2025

पढ्न लाग्ने समय :


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विन्दावासिनी कंसाकारले जलन विधेयक पारित गर्दै जलन उपचार केन्द्र स्थापना गर्न माग गर्नुभएको छ । आईतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो माग राख्नुभएको हो । उहाँले प्रत्येक वर्ष ६० देखि ६५ हजार नेपाली नागरिक जलनमा पर्ने गरेको उल्लेख गर्नुभयो । उहाँले उहाँले नेपालमा जनशक्ति उत्पादन र स्वास्थ्य क्षेत्रलाई गम्भिर रुपमा नलिँदा उच्च पदस्थ व्यक्तिहरु समेत जलनमा पर्ने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘थिन्क सेफ्टी, डू सेफ्टी भन्ने अवधारणा केवल नारामा मात्र सिमित भएको छ । त्यसैले जलन जसलाई जहाँ जुन बेला पनि हुनसक्छ । यसले ठूलो मान्छे सानो मान्छे भन्दैन । जसको पनि ज्यान जानसक्ने, अपांग हुने सक्ने सम्भावना हुन्छ । यही आवश्यकता महशुस गर्दै मैले ७ महिना अगाडि गैरसरकारी विधेयक दर्ता गराएको थिए । वर्षेनी ६० देखि ६५ हजार नेपालीहरु जलनमा पर्ने गर्छन । त्यसकारण जलन विधेयक पारित गरौं । जलन उपकेन्द्र स्थापना गरौं । र आवश्यक जनशक्ति उत्पादन र उद्धार प्रणालीमा सुधार गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’ 
उहाँले उच्च पदस्थ व्यक्तिलाई तत्कालै हेलिकेप्टरको व्यवस्था गरिने तर आम नागरिकले एम्बुलेन्स समेत पाउन नसक्ने अवस्था रहेको बताउनु भयो । कंसाकारले ७ महिना अघि जनलसम्बन्धी गैरसरकार विधेयक संसदमा दर्ता गराउनु भएको थियो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।