जन्ती बस दुर्घटना : आठ जनाकाे मृत्यु भएकाे पुष्टि 

Thursday February 5, 2026

पढ्न लाग्ने समय :


धनगढी: बैतडीमा जन्ती बस दुर्घटना हुँदा आठ  जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ। बझाङ तर्फ जान लागेका उनीहरूकाे बस दुर्घटनामा मृत्यु भएकाे हाे।

बिहिवार राति ४५ जना सवार बस दुर्घटनामा आठ जनाकाे मृत्यु भएकाे बैतडी प्रहरीले बताएकाे छ।

बझाङकाे बिथडचिर गाउँपालिका-७ का ५० वर्षीय केशव राज जोशी, साेही ठाउँका १३ वर्षीय अशोक राज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णु दत्त जोशी,  ४२ वर्षीय नरेश राज जोशी, बझाङकाे केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहन देव भट्ट, जिल्लाकाे जयपृथ्वी नगरपालिका- ७ का ४० वर्षीय बसन्त राज रतला र बैतडीकाे  पुर्चौडी नगरपालिका-७ का ४० वर्षीय  पुष्पा अवस्थीकाे मृत्यु भएकाे प्रहरीले बताएकाे छ।

बसमा २७ जना पुरुष र १८ जना महिला सवार रहेका प्रहरीले बताएकाे छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।