जनताका अपेक्षालाई मार्ने काम नगर्न बालेनलाई खतिवडाको सुझाव

Thursday June 9, 2022

पढ्न लाग्ने समय :


काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले स्वतन्त्र उम्मेदवारहरुको जीतलाई राजनीतिक दलहरुलाई सवक सिकाएको रुपमा लिनुपर्ने बताएका छन् ।

न्यूज नेपाल टेलिभिजनको कार्यक्रम संवादमा कुरा गर्दै खतिवडाले काठमाडौंका अघिल्ला मेयर विद्यासुन्दर शाक्यले काम केही नगरेका कारण जनताको आक्रोश यो निर्वाचनमा देखिएको बताएका हुन् ।

उनले काठमाडौंका मेयर बालेन साहसँग जनताका धेरै अपेक्षा रहेकाले अपेक्षालाई मार्ने काम नगर्न सुझाव दिए । उनले जनताले परिवर्तन खोजिरहेको निर्वाचनबाट देखिएको उनले बताए । यसले देश निर्दलिय व्यवस्थातिर जान लागेको भनेर नबुझ्न आग्रह गरे ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।