जनकपुरधाममा आयोजित रामायण कन्क्लेव सम्पन्न

Monday December 23, 2024

पढ्न लाग्ने समय :


नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने उद्देश्यले जनकपुरधाममा आयोजित रामायण कन्क्लेव सम्पन्न भएको छ । हिन्दुधर्मग्रन्थ रामायणमा उल्लेख भएअनुसार त्रेता युगमा अयोध्याका राजा दशरथका छोरा राम र मिथिलाको राजधानी जनकपुरधामका राजा जनककी छोरी सीताबीच वैवाहिक सम्बन्ध गाँसिएको थियो । सोही सम्बन्धलाई आधार मानेर वर्तमानमा पनि जनकपुरधाम र अयोध्याबीच सांस्कृतिक सम्बन्ध रहेको छ । सोही सम्बन्धलाई पुनर्ताजगी दिन र अझ बढी बलियो बनाउने उद्देश्यले दुई दिवसीय अन्तर्राष्ट्रिय रामायण कन्क्लेवको आयोजना गरिएको थियो ।

भारतको उत्तर प्रदेश पर्यटन विभाग,अन्तर्राष्ट्रय रामायण एवं वैदिक शोध संस्थान,अयोध्या (संस्कृति विभाग,उत्तर प्रदेश) तथा जानकी मन्दिर जनकपुरधाम तथा जनकपुरधाम उपमहानगरपालिकाको संयुक्त आयोजनामा रामायण कन्क्लेवको आयोजना गरिएको थियो । रामायण कन्क्लेवको पहिलो सत्रमा रामायण समागम अन्तर्गत भारतका जगतगुरु विद्या भाष्कर महाराज, सन्त सुखदेव दास, बालक दास र नेपालका धर्मगुरु डा. पुरुषोत्तम आचार्य, रामानन्द महाराजसहित जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले रामायणकालदेखि जुडेको सांस्कृतिक सम्बन्धका विषयमा चर्चापरिचर्चा गर्नुभएको थियो ।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका