जतताको घरमै राहदानी

Monday April 20, 2026

पढ्न लाग्ने समय :


धनगढी : जिल्ला प्रशासन कार्यालय कैलालीले अब आफ्ना सेवाहरू जनताको घरदैलोमै पु¥याउने व्यवस्था सुरु गरेको छ । संघीय सरकारको नीति अनुसार राहदानी, नागरिकता राष्ट्रिय परिचयपत्र हुलाकमार्फत घरमै पठाउने कार्य औपचारिक रूपमा सुरु गरिएको हो।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख हिरालाल रेग्मीले सञ्चारकर्मीसँग कुरा गर्दै आज मात्रै करिब दुई सय सेवाग्राहीका राहदानी हुलाकमार्फत पठाएर सेवाको सुरुवात गरिएको बताए । उनलका अनुसार अब सेवाग्राहीले लामो समय लाइनमा बस्नुपर्ने झन्झट अन्त्य हुँदै गएको छ। “कार्यालयबाट प्रदान गरिने सेवा जनताको घरमै पु¥याउने लक्ष्यका साथ काम अघि बढाएका छौँ,” उनले भने ।

प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार तत्काललाई राहदानी हुलाकमार्फत सेवाग्राहीको घरमै पठाउने व्यवस्था गरिएको बताउनु हुँदै उनले बिस्तारै कार्यालयले दिने अन्य सेवा समेत जनताको घरमै पुगाने गरि काम भइरहेको बताए।

जसका कारण सेवा प्रवाहलाई थप छिटो, सहज र प्रभावकारी हुने र विशेष गरी टाढाटाढाबाट सेवा लिन आउने नागरिकलाई यसले ठूलो राहत मिल्ने उनको भनाइ छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।