छात्रवृत्ति छनौट परीक्षा महानगरपालिका आफैँले गर्ने

Monday July 3, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयबाट पाउने छात्रवृत्ति परीक्षा महानगरपालिका आफैँले लिने भएको छ ।

महानगरपालिका भित्रका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूलाई वितरण गर्ने छात्रवृत्ति छनोट परीक्षा आगामी आर्थिक वर्षदेखि महानगर स्वयंले सञ्चालन गर्ने भएको हो ।

मेयर बालेन साहका अनुसार सो परीक्षा पछि सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब, जेहेन्ददार, पिछडिएको क्षेत्र तथा आदिवासी जनजातिलगायतका छनोटका आधारमा योग्यताक्रम अनुसार छात्रवृत्ति प्रदान गरिनेछ ।

उनले काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ तथा शिक्षा नियमावली २०७४ मा व्यवस्था भए बमोजिम काठमाडौं महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोटसम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०–८१ देखि काठमाडौं महानगरपालिका आफैँले सञ्चालन गर्ने बताए ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।