छात्रछात्रालाई शैक्षिक सामग्री वितरण

Friday May 26, 2023

पढ्न लाग्ने समय :


रसुवा । रसुवाका दुई विद्यालयले छात्रछात्रालाई निःशुल्क शैक्षिक सामग्री वितरण गरेका छन्। ज्याङलाङ प्रावि र नीलकण्ठ नमूना मावि जिविजवेका छात्रछात्रालाई सामग्री वितरण गरिएको हो।

दुवै विद्यालयका एक सय १५ छात्रछात्रालाई कालिका गाउँपालिका–५ ले निःशुल्क शैक्षिक सामग्री वितरण गरेको हो। कक्षा १ देखि ५ सम्मका छात्रछात्रालाई किताब, कमल, कापी, झोलालगायत सामग्री वितरण गरिएको वडाध्यक्ष सन्दीप पौडेलले जानकारी दिए। ज्याङलाङ प्रावि र नीलकण्ठ नमूना माविमा कक्षा १ देखि अङ्ग्रेजी माध्यमद्वारा पठनपाठन गरिँदै आएको छ।

विद्यार्थीलाई सामग्री उपलब्ध गराएपछि अभिभावक खुसी भएका छन्। यसअघि ज्याङ्लाङ प्राविमा रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेमार्फत दाताको सहयोगमा भवन निर्माण गरिएको थियो। विसं २०७२ को भूकम्पले क्षति पुर्याएको जिवजिवे नीलकण्ठ नमूना मावि भने हालसम्म पुनःनिर्माण हुन सकेको छैन। जीर्ण भवनका कारण पठनपाठनमा समस्या भएको विद्यालयका शिक्षकले बताएका छन्।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।