चेन्नईमाथि गुजरातको शानदार जित

Saturday May 11, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ३५ रनले पराजित गरेको हो ।

गुजरातले दिएको २३२ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाउदै १९६ रन बनाएको थियो ।

यस अघि पहिला ब्याटिंग गर्दै गुजरातले कप्तान शुभमन गिलको १०४ र साइ सुदर्शनको १०३ रनको मद्धतले २० ओभरमा ३ विकेट गुमाउदै २३१ रन बनाएको थियो । गिल र सुदर्शनले पहिलो विकेटका लागि कीर्तिमानी २१० रनको साझेदारी गरेका थिए ।

यो जितपछि गुजरात टाइटन्सको १२ खेलमा १० अंक भएको छ र अंक तालिकामा आठौँ स्थानमा उक्लिएको छ ।  त्यस्तै चेन्नई सुपर किंग्सको भने यो यस सिजनमा छैटौं हार हो । १२ खेलमा ६ खेल जितेको चेन्नईको १२ अंक रहेको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।