चुनाव सार्न सरकारलाई दबाब दिने काम पार्टीको निर्णय विपरित
पढ्न लाग्ने समय :
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य हेमन्त प्रकाश वलीले आफ्नो पार्टी निर्वाचनमा नजाने बताएका छन् । न्यूज नेपाल टेलिभिजनको कार्यक्रम संवादमा कुरा गर्दै वलीले पार्टीको आठौं केन्द्रीय समितिको १२ औं बैठकले पार्टी दर्ता गरेर यो निर्वाचनमा भाग लिँदैन भनेर निर्णय गरेको बताए ।
उनले कोही जनपक्षीय उम्मेदवार आएमा जनतालाई भोट हाल्न आग्रह गर्ने बताए । उनले पार्टीको निर्णय विपरित केन्द्रीय सदस्यलाई उम्मेदवार बनाउने र निर्वाचनका लागि पार्टी प्रवक्ता निर्वाचन आयोगमा जाने काम गलत भएको बताए ।