चिसापानी–राजकाँडा केबुलकार बैशाखबाट सञ्चालन हुँदै, १५ सयलाई रोजगारी

Wednesday February 11, 2026

पढ्न लाग्ने समय :


धनगढी : चिसापानीदेखि राजकाँडासम्म निर्माण भइरहेको जालपादेवी केवलकार बैशाखबाट सञ्चालनमा आउने भएको छ। निजी क्षेत्रको करिब सात अर्ब रुपैयाँ लगानीमा निर्माण हुँदै आएको केवलकार आउँदो बैशाखदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको हो।

चिसापानीदेखि राजकाँडासम्म करिब तीन किलोमिटर लामो केवलकार निर्माणसँगै पाँचतारे तथा चारतारे होटल, क्यासिनो, जिपलाइन, स्काइ साइकलिङ, पार्टी प्यालेसलगायत विभिन्न पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजना रहेको छ। सुदूरपश्चिम प्रदेशमा निजी क्षेत्रबाट हुन लागेको हालसम्मकै ठूलो लगानीको पर्यटन पूर्वाधारका रूपमा यो आयोजनामा एक हजार पाँच सय जनाले रोजगारी पाउनेछन। बैशाख महिनामा मात्र सुरुवाती चरणमा पाँच सय कर्मचारी भर्ना गरिने भएको छ। जालपादेवी केवुलकारका सञ्चालक सूर्यबहादुर थापाले बैशाखबाट होटेलहरुको काम जारी रहेपनि केवुलकारको उद्घाटन हुने बताए। उनले भने, उनले भने, ‘१५ सय जना चाहिने हो। होटेल, क्यासीनोहरु लगायर हो। वैशाखबाट केवुलकार सुरु गछौ। पाँच सय जना वैशाखमै चाहिन्छन्।’

जालपादेवि केवुलकारको पहिलो चरणको काम सकिएको हो। दोस्रो चरणमा होटल, क्यासिनो र अन्य संरचना निर्माणको काम जारी छ। आउँदो बैशाखबाट केवलकार सञ्चालन गर्ने गरी काम तीव्र रूपमा भइरहेको जालपादेवी केवुलकारका सञ्चालक सूर्यबहादुर थापाले बताए। आयोजनाअन्तर्गत आवश्यक १४ वटा टावर र ३४ वटा गोन्डुला निर्माण गरिएका छन। केवलकारका दुवै स्टेशन, रेस्टुरेन्ट, राजकाँडास्थित जालपादेवी मन्दिरलगायत संरचना धमाधम निर्माण गरिएका छन।

राजकाँडामा चारतारे होटल, मन्दिर, जिपलाइन र स्काइ साइकलिङजस्ता साहसिक पर्यटन संरचना निर्माण गरिनेछन् भने चिसापानीमा पाँचतारे होटल, क्यासिनो र पार्टी प्यालेस निर्माण गरिनेछ। सम्पूर्ण संरचना निर्माणमा करिब सात अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। यसमध्ये केवलकार निर्माणमै साढे दुई अर्ब रुपैयाँ लागत लाग्ने बताइएको छ। जालपादेवी केवलकारमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, स्थानीय व्यवसायी सूर्य थापासहितको लगानी रहेको छ।

सीमावर्ती भारतीय क्षेत्रका पर्यटकलाई समेत लक्षित गरी चिसापानीमा केवलकार निर्माण थालिएको हो। आयोजना सञ्चालनमा आएपछि एक हजार पाँच सयको सङ्ख्यामा रोजगारी सिर्जना हुने र यसले स्थानीय तथा क्षेत्रीय आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।

कर्णाली नदीमाथि बनेको आकर्षक पुल, चुरे पहाडको प्राकृतिक सौन्दर्य र ऐतिहासिक राजकाँडाको पहिचानसँगै केवलकारले पर्यटन प्रवर्धनमा थप टेवा पु¥याउने विश्वास गरिएको छ। केवलकारको एकतर्फी यात्रा करिब १० मिनेटको हुने र यात्राका क्रममा कर्णाली नदी, पुल तथा चुरे पहाडको रमणीय दृश्य अवलोकन गर्न सकिनेछ।

गत वर्ष १३ पुसमा तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवाले आयोजनाको शिलान्यास गर्नु भएको थियो। सरकारले आयोजनाका लागि २० विघा जग्गा लिजमा दिएको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।