चिनियाँ नागरिकलाई अपहरण गरी एक करोड फिरौती मागेको आरोपमा ६ जना पक्राउ

Thursday August 4, 2022

पढ्न लाग्ने समय :


काठमाडौं । काठमाडौंमा एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । बुधबार राति चिनियाँ नागरिकलाई लैनचौरबाट अपहरण गरी गोंगबुमा बन्धक बनाएर राखेको आरोपमा ६ नेपालीलाई पक्राउ गरिएको हो ।

अपहरण गरी बन्धक बनाइएका चिनियाँको उद्दार गर्नुका साथै संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीहरुले चिनियाँ नागरिकबाट ८ लाख रुपैयाँ र २७ थान मोबाइल समेत लुटिएको प्रहरीले जनाएको छ। अपहरणमा परेका चिनियाँसँग उनीहरुले एक करोड फिरौती समेत माग गरेका प्रहरीले जनाएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।