चिडिमार समुदायका बालबालिकालाई विद्यालय ल्याउन छात्रवृत्ति

Friday September 8, 2023

पढ्न लाग्ने समय :


नेपालगञ्ज । बाँकेका विभिन्न ठाउँमा रहेका अल्पसङ्ख्यक चिडीमार समुदायका बालबालिका बीचैमा विद्यालय छाडन बाध्य छन् । आर्थिक अभाव र बालबिबाहलगायत समस्याका कारण उनीहरु विद्यालय छाड्न बाध्य भएको चिडिमार समुदायका अगुवा बताउँछन् ।

नेपालगञ्ज–१२ का हौसीलाल चिडिमारले बालबालिका आर्थिक अभावका कारण बीचमै विद्यालय छाडेको उल्लेख गर्दै थोरै पढेर रोजगारी नपाउने र पढ्न पठाएर जीविका पनि नचल्ने भएकाले उनीहरुलाई काममा लगाउने गरेको बताए ।

सो समुदायकी सुनिता चिडिमार बालबालिकाको सानै उमेरमा विवाह गराइदिने प्रचलन कारण बीचमै विद्यालय छाड्न बाध्य भएको बताउछिन् । उनी भन्छिन्, “सबै कुरा हामीले सोचेजस्तो हुँदैन, घरकाले निर्णय गरेपछि हामीले मान्नुपर्छ ।” बागेश्वरी आधारभूत विद्यालय, नेपालगञ्जकी प्रधानाध्यापक सरिता खड्का श्रेष्ठले विद्यालयमा अध्यनरत एक सय ९० विद्यार्थी चिडिमार समुदायका भएको जानकारी दिँदै त्यसमध्ये पनि बीचमा विद्यालय छाडनेकोे सङ्ख्या बढ्दै गएको बताइन् ।

अभिभावकले छोरा र छोरीमा गरेको विभेदका कारण पढाइ छाडेको हुनसक्ने उल्लेख गर्दै उनले छोरालाई निजी विद्यालय र छोरीलाई सरकारी विद्यालयमा पढाउने प्रवृत्ति रहेको बताए । चिडिमार समुदायको ठूलो सङ्ख्या नेपालगञ्ज उपमहानगरपालिका–१२ मा छ । त्यसबाहेक कोहलपुर नगरपालिकाको वडा नं १४ स्थित हवल्दारपुर, वडा नं १५ को प्रेमपुर, जानकी गाउँपालिकाको वडा नं ३ स्थित करमोहनामा पनि चिडिमार समुदायको बस्ती छ ।

जिल्लामा पन्ध्र सयको हाराहारीमा जनसङ्ख्या रहेको अनुमान छ । चिडिमार समुदायले चार पुस्तादेखि चरा मारेर जिवीका चलाउँदै आएका थिए तर पछिल्लो समय उनीहरुले अन्य पेसा र व्यवसाय गर्न थालेका छन् ।

बहेलिया चिडिमार विकास मञ्चका संस्थापक अध्यक्ष विष्णु चिडीमारले आर्थिक अभावले अभिभावकले विद्यालय नियमित गराउन नसकेको उल्लेख गर्दै खेतबारीमा काम गराउन पनि बालबालिकालाई विद्यालय जानबाट वञ्चित गरेको बताए ।

उनी भन्छन्, “पहिले सबैको जग्गा धेरै हुन्थ्यो, खेतबारीमा काम गर्नुपर्थ्यो त्यसैले बीचमै विद्यालय छोड्थे”, नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोरखबहादुर थापाले भने । चिडिमार समुदायका बालबालिकाले बीचमा स्कुल छोडने भएकाले उनीहरुलाई आकर्षित गर्न छात्रावृत्तिको व्यवस्था गरेको उनले बताए । पढाइ छाडेका किशोर तथा किशोरीलाई निःशुल्क तालिम सञ्चालन गरेर आयआर्जनतर्फ डो¥याइएको उनको भनाइ छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।