चिकित्सा शिक्षा : आउनेभन्दा विदेश जाने विद्यार्थी दोब्बर

Tuesday May 23, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । चिकित्सा शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थी नेपाल आउनेभन्दा दोब्बर सङ्ख्यामा नेपाली विद्यार्थी विदेश जाने गरेका छन् ।

चिकित्सा शिक्षा आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले यस आर्थिक वर्षमा चार सय २१ जना विदेशी विद्यार्थी नेपाल आएका र नौ सय ७२ जना नेपाली विद्यार्थी अध्ययनका लागि बाहिरिएको बताए ।

उनका अनुसार स्नातकोत्तर तहमा १५ जना र स्नातक तहमा चार सय छ जना विदेशी विद्यार्थी नेपालका विभिन्न शिक्षण अस्पताल तथा कलेजमा अध्ययन गरिरहेका छन् । नेपालमा भारत, बङ्गलादेश, माल्दिभ्स, अमेरिकाबाट अध्ययनका लागि विद्यार्थी आउने गरेका छन् ।

यसैगरी आयोगले नेपालबाट विदेशमा चिकित्सा शिक्षा अध्ययनका लागि फेलोसिपमा पाँच जना, स्नातक तहमा सात सय एक जना र स्नातकोत्तर तहमा दुई सय ६६ जनालाई अध्ययन अनुमति दिइएको छ ।

आयोगका उपाध्यक्ष प्रा. डा. गिरीले यही जेठ ८ गते बसेको आयोगको बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षासम्बन्धी शिक्षण संस्थाको आशयपत्र र सम्बन्धन अनुमोदन गरिएको जानकारी दिए ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।