चिकित्सक लाइसेन्स परीक्षाका लागि आजदेखि आवेदन खुला

Monday December 18, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाका लागि आवेदन खुला गरेको छ ।

काउन्सिलले चिकित्सकको ६८औँ लाइसेन्स परीक्षा अन्तर्गत आगामी माघमा हुने परीक्षाका लागि आजदेखि आवेदन खुला गरेको हो ।

उक्त परीक्षामा सहभागी हुन exam.nmc.org.np मा दिइएको निर्देशन बमोजिम अनलाइन आवेदन फारम भरी बुझाउन काउन्सिलले अनुरोध गरेको छ ।

आवेदन आज देखि माघ २ गतेसम्म नियमित तथा माघ ३ र ४ गते विलम्ब शुल्कसहित बुझाउन सकिने व्यवस्था रहेको छ ।

अनलाइन आवेदन फारम भर्ने र बुझाउने व्यवस्था चौबीसै घण्टा खुला रहने काउन्सिलले जनाएको छ ।

परीक्षा माघ १७ देखि १९ गतेसम्म इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक ललितपुरमा कम्प्युटर प्रविधिबाट हुनेछ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।