चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

Monday February 3, 2025

पढ्न लाग्ने समय :


चलचित्र हरिबहादुरको जुत्ताको शुभ मुहूर्त भएको छ । सोमवार भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजापाठ गरी चलचित्रको शुभ मुहूर्त गरिएको हो । दीपेन्द्र के. खनाल निर्देशक चलचित्र हरिबहादुरको जुत्तामा अभिनेता हरिवंश आचार्य, किरण केसी, अभिनेत्री प्रियंका कार्की, स्वस्तिमा खड्का लगायतको अभिनय रहनेछ । कार्यक्रममा अभिनेता हरिवंश आचार्यले आजदेखि नै चलचित्रको प्रचारप्रसार शुरु भएको बताउनु भयो । चलचित्र एक वर्ष लगाएर लेखेको र चलचित्र देश बनाए जस्तै भएको बताउनु भयो ।

देश बनाउँदा पनि बिग्रिएपछि सकिने र चलचित्र पनि बिग्रिएपछि सकिने टिप्पणी गर्नुभयो । अभिनेता किरण केसीले आजबाट चलचित्र शुरु भएको र सबैको मेहनतले चलचित्र राम्रो बन्ने बताउनु भयो । कार्यक्रममा बोल्दै अभिनेत्री प्रियंका कार्कीले आफूलाई मन लागेको टिमसँग काम गर्न मौका पाउँदा खुशी लागेको बताउनु भयो । शुभ मूहुर्त कार्यक्रममा बोल्दै अभिनेत्री स्वस्तिमा खड्काले चलचित्रमा काम गर्न पाउँदा धेरै खुशी रहेको बताउनु भयो । उहाँले आफू हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ अभिनित सिरियलहरुमा काम गर्ने इच्छा रहेको र आज आएर चलचित्रमा काम गर्न पाउँदा धेरै खुशी लागेको बताउनु भयो । एम.एम मोस पिक्चर्सको प्रश्तुतीमा निर्माण हुन लागेको चलचित्रको निर्माता सरोज ओली र मोहितवंश आचार्य हुन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।